welcome you on onlineexpress...

Tuesday, July 17, 2012

म त एक्लिएँ !


प्रचण्डपुत्र प्रकाश दाहालसाग भागेपछि यतिखेर बिना मगर चर्चामा छिन् । तीन बर्षअघि बिबाह गरेका श्रीमानलाई छाडेर बिना प्रकाशसाग भागेपछि प्रचण्डको परिवार त टेन्सनमा छ नै त्योभन्दा धेरै टेन्सनमा छन विनाका पति शंकर अधिकारी । नेकपा-माओवादीका कार्यकर्ता रहेका उनले सौर्य दैनिकसाग बिना भाग्दाका केही क्षणहरुबारे खुलाएका छन् । शंकरको बयान उनकै भाषा...
प्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनको सबैभन्दा अमूल्य चिज खोस्ला भन्ने के अनुमान थियो र !
अहिले ३१ वर्षको भएँ । करिब १५ वर्षदेखि राजनीतिमा छु । ०५४ सालमा माओवादीको होलटाइमर भएँ । त्यसयता मेरो जीवनको ठूलो हिस्सा राजनीतिक क्रियाकलापमै व्यस्त रहेर बित्यो । जनयुद्धकालमा आठ वर्ष लामो जेल जीवन पनि बिताएँ । पार्टी फुटेपछि नेकपा–माओवादीतिर लागियो । अहिले यस पार्टीको जातीय मोर्चाहरूको जिल्ला समिति सेक्रेटरीका रूपमा कार्यरत छु ।
बीनाजी चार वर्षअघि मेरो जीवनमा आउनुभयो । हामीबीच ख्यालख्यालमै प्रेम बसेको थियो । मैले साथीहरूमार्फत उहाँलाई चिनेको हुँ । उहाँ मेरो साथीहरूको साथी हुनुहुन्थ्यो । बीनाजी पनि माओवादीकै विद्यार्थी संगठनमा आबद्ध भएकाले आन्दोलनका क्रममा तथा पार्टीका विभिन्न कार्यक्रममा हाम्रो बारम्बार भेट हुन्थ्यो । दुई/चार भेटसम्म त सामान्य साथीको व्यवहार भयो । तर, विस्तारै आत्मीयता बढेको महसुस गर्न थालेँ । मनमा प्रेमको बिरुवा हुर्किएर झांगिन थाल्यो । मैले उहाँलाई नै जीवनसाथी बनाउने निधो गरेँ । एउटै प्रोफेसनमा भएकाले हाम्रो वैवाहिक सम्बन्ध जम्ला भन्ने आशा थियो । आखिर मैले उहाँलाई प्रेमप्रस्ताव पठाएँ साथीहरूमार्फत । उहाँले तत्कालै स्विकार्नुभएन । केही समय माग्नुभयो । तर, आखिरमा गल्नुभयो र एस भन्नुभयो । बिहेचाहिँ अलि ढिला गर्ने उहाँको सर्त थियो ।
करिब एक वर्ष प्रेम चल्यो । प्रेमलाई अघि बढाउन त्यति गाह्रो थिएन । पार्टी कामकै सिलसिलामा भेट भइरहन्थ्यो । कहिलेकाहीँ आपसी सहमतिमा अन्यत्रै पनि भेटिन्थ्यो । फोनमा लगातार गफ हुन्थ्यो । भावी जीवनका कल्पना हुन्थे । अन्तत: ०६६ भदौमा हाम्रो बिहे भयो । बिहेपछिको तीन वर्ष ऊर्जाशील थियो भन्छु म । मलाई राजनीतिमा अघि बढाउन उहाँको ठूलो सहयोग रह्यो । उहाँप्रति गुनासो राख्नुपर्ने ठाउँ खासै थिएन । उहाँको चरित्रप्रति शंका गर्नुपर्ने अवस्था पनि कहिल्यै आएन । दुवैजना राजनीतिक कार्यकर्ता भएकाले घर–व्यवहार मिलेर चलाउँथ्यौँ । उहाँ श्रीमतीभन्दा बढी दौंतरीजस्तो लाग्थ्यो । घरधन्दामा मात्रै सीमित भएर बस्न नसक्ने तथा जुनसुकै काम गर्न हिम्मत गर्ने उहाँको स्वभाव मलाई मन पथ्र्यो । हाम्रा बालबच्चा थिएनन् । देशमा राजनीतिक स्थिरता आएपछि मात्र बच्चा पाउने सोच थियो, हामी दुवैको । यसरी जीवन चल्दै थियो ।
केही महिनाअघि मात्र उहाँले सगरमाथा चढ्ने कुरा गर्नुभयो । मलाई सुरुमा अलिक डर लाग्यो । तर, उहाँको साहस र अठोटसित विश्वस्त भएकाले मैले कुनै नाइँनास्ती गरिनँ । सगरमाथा चढेर फर्केपछि जनआस्था पत्रिकाले उहाँको र प्रकाशको विषयमा समाचार लेख्यो । यस्तो समाचार आउँदै छ भन्ने मलाई एक साताअगाडि नै थाहा थियो । त्यही पत्रिकामा काम गर्ने कसैले मलाई देखाएको थियो समाचारको प्रतिलिपि । तर, मलाई त्यसमा कत्ति पनि विश्वास थिएन । यस विषयमा मैले पार्टीका नेताहरूसित पनि कुरा गरेँ । उहाँहरूले तँलाई यसमा कति विश्वास छ भनेर सोध्नुभयो । मैले कत्ति पनि छैन भनेँ । त्यसो भए वास्तै नगर भन्नुभयो ।
जेठ २९ गते हो क्यारे † त्यो समाचार छापियो । त्यतिबेला म पार्टीको राष्ट्रिय भेलाको तयारीमा व्यस्त थिएँ । बीनाजी धनगढीमा हुनुहुन्थ्यो । उहाँले समाचार पढ्नुभएछ । मलाई त्यही दिन फोन गर्नुभयो । ‘जनआस्थाले यस्तो–यस्तो लेखेछ’ भनेर मलाई सुनाउनुभो । उहाँले समाचार पूरै काल्पनिक हो भन्दै आफू काठमाडौं आइहाल्ने कुरा गर्नुभयो । मलाई उहाँको विश्वास थियो । काठमाडौं आउन टिकट मिलाइदिएँ । आएपछि पुन: यो विषयमा छलफल भयो । उहाँले आºनो संगठनमा पनि कुरा राख्नुभयो । त्यसपछि पत्रिकाविरुद्ध मुद्दा लड्ने कुरा गर्नुभो । मैले सहमति जनाएँ । त्यतिन्जेल मलाई पत्रिकाले लेखेको कुरा साँचो होला भन्ने एक प्रतिशत पनि विश्वास थिएन ।
तर, विस्तारै बीनाजीको हाउभाउ र व्यवहारमा परिवर्तन आउन थालेको महसुस गरेँ । मसित अलि दूरी बढाउन खोज्नुभएको आभाष हुन थाल्यो । कहिलेकाहीँ ‘प्रकाशले रक्सी खाएर फोन गरेको गर्‍यै छ’ भन्नुहुन्थ्यो । मैले त्यसलाई सिरियसली लिएको थिइनँ । अलि बढी नै असहज लाग्न थालेपछि एक रात मैले उहाँलाई हात समातेर सोधेँ, ‘किन अचेल अलि फरक हुनुभएको छ ?’ उहाँ त्यस्तो केही नभएको भनेर टार्नुभयो । मैले धेरै जोड गरिनँ । पार्टी अलग भएपछि म वैद्यतिर लागेको थिएँ भने उहाँ संस्थापनपट्टि हुनुहुन्थ्यो । यही भएर पनि दूरी बढेको हुन सक्छ भन्ने लाग्यो ।
असार २१ गते हामी सँगै सुतेका थियौँ । मेरो नेवा: राज्यसमितिको बैठक भएकाले बिहानै उठेर हिँडेँ, उहाँ घरमै हुनुहुन्थ्यो । दिउँसो एकचोटि फोन गरेको थिएँ तर उहाँको फोन स्विच अफ थियो । घर फर्किंदा फेरि फोन गरेँ तर लागेन । घर पुगेपछि थाहा भयो, बहिनीलाई मेसेज छाडेर हिँड्नुभएको रहेछ । प्रोग्राममा जान लागेको, भोलि वा पर्सि मात्रै फर्किन्छु भन्ने खबर उहाँले बहिनीलाई दिनुभएको रहेछ । बहिनीले मलाई सुनाइन् । मैले सामान्य रूपमै लिएँ । भोलिपल्ट बिहान काठमाडौं मलमा पार्टीको कार्यक्रम थियो, त्यसैमा व्यस्त भएँ । दिउँसो विरोध र्‍यालीमा सहभागी भएँ । दिउँसो ३ बजेतिर उहाँलाई फोन गर्ने प्रयास गरेँ, घन्टी गयो तर फोन उठेन । बरु एकछिनपछि उहाँको एसएमएस आयो । ‘कार्यक्रममा छु, भोलि बिहान फर्किन्छु’ भनेर लेख्नुभएको थियो । तर, भोलिपल्ट आउनुभएन । न त फोन नै उठ्यो ।
पर्सिपल्ट अचानक आइडी लक गरेको नम्बरबाट मेरो मोबाइलमा फोन आयो । उठाएँ । बीनाजीको रहेछ । ‘म इन्डियामा छु,’ उहाँले एकदम सहज रूपमा भन्नुभयो, ‘प्रकाशसित हिँडँे । म हाम्रो सम्बन्धमा इमानदार रहन सकिनँ कामरेड †’ के सुन्नुपर्‍यो ! कल्पनामा पनि नचिताएको कुरा । म त स्तब्ध भएँ । अलि सम्हालिएर भनँे, ‘किन यस्तो निर्णय लिनुभयो । तपाईंहरू दुवैजनाको पछाडि परिवार छ, पार्टी छ, राजनीतिक हाइट छ । बरु घर आएर डिसिजन लिँदा राम्रो हुन्छ ।’
मैले धेरै बोल्न सकिनँ । त्यति पनि किन बोलेछु भन्ने लाग्यो । मुस्किलले ३ मिनेट कुरा भयो होला । मलाई भाउन्न भयो । सपना हो कि विपनाजस्तो । के गर्ने के नगर्ने । त्यसदिन कसैसित यो कुरा गरिनँ । मेरो मिल्ने साथी देवराज गुरुङ मसितै हुनुहुन्थ्यो । उहाँलाई पनि केही भनिनँ । बिहेपछि हामी बीनाको परिवारसँगै बस्ने गथ्र्यौं । कोठामा बीनाको ममी र बहिनीहरू हुनुुहुन्छ । बीनाको बुबाले हल्ला सुन्नुभएको रहेछ । उहाँले ममीलाई फोन गर्नुभएको रहेछ । ममीले मलाई सोध्नुभयो । मैले फोन आएको कुरा भनिनँ । भोलिपल्ट बिहान हिमाल शर्मा आउनुभयो कोठामा । मैले उहाँलाई फोन आएको कुरा बताएँ । उहाँले संगठनले कारबाही गर्ने कुरा गर्नुभयो ।
बीनाजीले भारतबाट उहाँकी दिदीलाई फोन गर्नुभएको रहेछ । ‘नेपाल आउन लागेका थियौँ, तर यहाँ पार्टीबाट निलम्बनमा परेकाले वातावरण बिग्रियो, त्यसैले अहिले आउँदैनौँ,’ भन्नुभएछ । यस घटनाबाट बीनाको परिवारका पनि सबैजना दुखित हुनुहुन्छ । तर, केही भन्नुहुन्न । मलाई अहिले उहाँहरूसित बस्न पनि अप्ठ्यारो भएको छ । राति साथीभाइहरूकहाँ गएर सुत्ने गरेको छु । दिउँसो एकचोटि कोठामा जान्छु । अहिले आºना लागि कोठाको खोजीमा छु । दिनहुँ कोठा खोज्न हिँडिरहेको छु ।
निश्चितै रूपमा अहिले मलाई एक्लिएको महसुस भइरहेको छ । मनस्थिति खल्बलिएको छ । जीवनसाथीले छाडेर हिँड्दा एक्लो महसुस हुनु स्वाभाविक नै हो । सुर्खेतको घरबाट बुबा–ममीले फोन गरेर दुई/चार दिनका लागि घर आइज फ्रेस हुन भन्नुहुन्छ । तर, फुर्सद मिलिरहेको छैन । मेरो विषयमा पार्टीमा पनि छलफल भएको छ । मैले यो पीडा भुल्ने एक मात्र उपाय भनेको पार्टीभित्र आफूलाई अझै व्यस्त राख्नु मात्रै हो । नेताहरूलाई पनि मैले यही कुरा भन्ने गरेको छु । आखिर जे–जसरी पनि जीवन त चलाउनै छ ।
-शंकर अधिकारी (चिरञ्जीवी पौडेलसितको वार्तामा आधारित _साभार ः सौर्य दैनिक )

Tuesday, July 10, 2012

गलफ्रेन्डलाई मनपर्ने गिफ्ट पेन्टी



प्रेम मनले गरिन्छ, त्यसैले यसलाई देखाउनु जरुरत छैन भनिन्छ । तैपनि धेरै जोडी आफ्नो प्रिय मान्छेलाई विभिन्न खालको गिफ्टहरू दिएर आफ्नो लभ एक्सप्रेस गरिरहेका हुन्छन् ।

अझ बर्थ डे, भ्यालेन्टाइन डे, न्यु एयरमा त गिफ्ट आदानप्रदान त अनिवार्यजस्तै हुन्छ । यस्तो गिफ्ट दिने मामलामा युवतीकोहरूको तुलनामा युवकहरू धेरै अगाडि हुन्छन् । आफ्नी प्रेमिकालाई मनपर्ने गिफ्टी दिएर प्रेमको बन्धन अझ कसिलो बनाउन प्रेमीहरू कुनै कसर बाँकी राख्दैनन् । प्रेमिकाहरू पनि प्रेमीले माया गरी दिएको गिफ्ट लिइहाल्छन् । फेरि गिफ्टले पुराना दिनहरूको याद दिलाउने भएकोले पनि ‘गिफ्ट कल्चर’ मौलाइरहेको छ ।

यही सन्दर्भमा हालै लन्डनमा प्रेमिकाहरू आफ्नो प्रेमीले कस्तो गिफ्ट चाहन्छन् भन्ने विषयमा एक अध्ययन गरिएको थियो । जसले एउटा अपत्यारिलो निष्कर्ष निकालेको छ । शोधकर्ताहरूले त नेकलेस, स्कुटर, ल्यापटपजस्ता महँगा गिफ्टहरू युवतीहरूको रोजाइमा पर्छ भन्ने अनुमान गरेका थिए, तर अध्ययनले त्यसलाई शतप्रतिशत गलत रहेको प्रमाणित गरेको छ । आजकलका प्रेमिकाहरू महँगो होइन् कि सस्तो गिफ्टमा रमाउन थालेका छन् । अर्थात् उनीहरू आफ्नो ब्वायफ्रेन्डबाट कुनै महँगो सामान नभई पेन्टी गिफ्ट चाहन्छन् ।

अझ रातो कलरको पहिलो रोजाइमा हुने गरेको शोधकर्ताहरू बताउँछन् । एक्लो भएका वेला ब्वायफ्रेन्डले दिएको पेन्टी हेरेको उसको याद मेट्ने गरेको अध्ययनमा सहभागी युवतीहरूले बताएका थिए । उता, सस्तो खालको पेन्टी दिँदा नै गर्लफ्रेन्ड मक्ख हुने भए पनि युवकहरू पनि धेरै खुसी भएका छन् ।

Wednesday, July 4, 2012

एचआईभी पिडितलाइ साथ दिन भन्दै संसदले काटे लिंग

जिम्बाबेका सांसदहरुको लिंग काटिएको छ । त्यहाँका १० जना सांसदहरुले राजीखुसीले आफ्नो लिंग काटेका हुन् ।
सुन्दा अचम्म लाग्नसक्छ र प्रश्न पनि उठ्नसक्छ । आखिर सांसदहरुले किन लिंग काट्न थाले ? हो एचआइभी एड्स विरुद्धको अभियानमा साथ दिँदै सांसदहरुले आफ्नो लिंगमुण्ड छोपेको छाला काटेका वा खतना गरेका हुन् । झण्डै १० मिनेटको शल्यक्रिया गरेर उनीहरुले आफ्नो लिंगको छाला ताछेका हुन् ।
एड्स विरोधी सांसद समूहका अध्यक्ष समेत रहेका सांसद ब्लेसिङ चेबुन्डो लिंगको छाला ताछ्ने पहिलो सांसद बने । आफुहरुले लिंग ताछ्नुको मुख्य कारण सर्वसाधारणलाई एड्सको बारेमा जनचेतना जगाउनु र खतना गर्नको लागि प्रोत्साहित गर्नु भएको उनको भनाइ छ ।
स्मरण रहोस् संयुक्त राष्ट्रसंघको एक अध्ययनले पुरुषको लिंग खतना गर्ने कामले एचआइभी एड्सको फैलावट कम गर्ने तथ्य पत्ता लगाएको थियो । डब्लुएचओका अनुसार खतना गरिएमा पुरुषमा एचआइभी सर्ने खतरा ६० प्रतिशतले घटाउन सकिन्छ । मुस्लिम समुदायमा बच्चैमा खतना गरिदिने चलन छ ।

Monday, July 2, 2012

सम्भोग गर्न नमान्दा.....

घानाको राजधानी आक्रामा बस्ने एक पुरुषका लागि नयाँ वर्ष सन् २०१२ को पहिलो दिन निकै दुखद रह्यो ।नववर्षको शुभरात्री उनका लागि कालरात्री नै भयो भन्दा पनि फरक नपर्ला । क्वेसी डेज्जी नामका ती पुरुषलाई आफ्नी श्रीमतीसँग सम्भोग गर्न नमान्दा यतिठूलो मुल्य चुकाउनुपर्छ भन्ने पहिले नै थाहा भएको भए सायद त्यो कालरात्रीबाट बच्ने थिए ।
नववर्षको पहिलो रात्री आफ्ना श्रीमान सँग रोमान्स गर्ने मूडमा थिइन् श्रीमती । तर डेज्जीलाई किन किन त्यो दिन जाँगर नै चलेको थिएन र रातिपनि श्रीमतीलाई ढाड फर्काइदिएर लम्पसार परे ।
श्रीमतीले डेज्जीमा स्टामिना भर्नका लागि लाख कोसिस गरिन् तर जे गर्दापनि लोग्नेले आफुलाई अँगालोमा बाँध्ने र संसारकै सबैभन्दा ठूलो सुख दिने लक्षण नदेखेपछि रिसले उनको पारो तात्यो ।
त्यसपछि त के चाहियो ? ती महिलाले लोग्नेको लिंग र अण्डकोश बेस्सरी समातिन् र तानिन् । स्वास्नीको त्यो महाकाली स्वरुपको आक्रमणमा परेका डेज्जीको गुप्तांगमा गम्भिर चोट लागेको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
खै के भन्ने ? आखिर कसको दोष भन्ने ?
By : onlinekhabar 

Sunday, July 1, 2012

पुरुषको यौनसाथी ९, महिलाको तीन

तपाई केटा कि केटी ? तपाईको जिवनमा यौनसाथी कतिजनालाई बनाउनुभयो ?
एक महिलाले आफ्नो वाईफ्रेण्डलाई यो कुरा सोधिन भने उसको उत्तर हुने छ मरिजाउँ तिमीबाहेक अरु कोही छैन । मेरो जिवनको पहिलो जिवनसाथी र यौनसाथी तिमी नै हौ्र तर महिला मित्रहरु नपत्याउनुस उनीहरुको यौन साथी कम्तिमा पनि नौ जनाभन्दा बढी हुन्छन् अरे ! यो हामीले भनेको होईन एक अध्ययनले देखाएको हो । महिलाहरुको पनि कम्तिमा दुईदेखि तिन जना पुरुष यौनसाथीको रुपमा जिवनमा आउने गरेको सो अध्ययनले देखाएको छ ।  बेलायतमा गरिएको सर्वेक्षण अनुसार पुरुषको जीवनमा तीनदेखि नौ जनासम्म यौनसाथी हुने गरेका छन् । महिलाको जीवनमा भने चार जनासम्म हुन्छन् यौनसाथी । पुरुषका यौनसाथीमध्ये कम्तीमा तीन जना ओछ्यानसम्म पुग्ने गरेका छन् । महिलाले भने जीवनको एक चौथाइ खण्ड आपmनो साथीसँगै बिताउँछन् ।