welcome you on onlineexpress...

Monday, August 13, 2012

माओवादी मय बन्दै कान्तिपुर पनि

किक आउट भए कान्तिपुरबाट रामेश्वर थापा
देशको नम्बर वान पत्रिका हो भनेर दाबी गर्ने कान्तिपुर दैनिकमा स्वामित्वको विवाद सुरु भएको छ । कैलास सिरोहिया र रामेश्वर थापा लगायतका लगानी रहेको सो पत्रिकाबाट थापा बाहिरीने हल्लासंगै कान्तिपुरले प्रिन्ट लाईनबाट थापाको नाम हटाइएको छ । बाहिरीनको लागि स्वामित्व बाँडफाँड नै नभई थापाको नाम हटाएपछि रुष्ट बनेका थापा कानूनी प्रक्रियामा जाने तयारीमा रहेका बुझिएको छ । उनले प्रेस काउन्सिलमा उजुरी गर्ने तयारी पनि गरेका छन् । माओवादीले कान्तिपुर फुटाउनको लागि उचालेपछि सिरोहिया माओवादीको पछि लागेका छन् जसको कारण आफ्नो एकल स्वावित्वको लागि उनी लागिपरेका छन् । केही समय अगाडि नागरिकमा माओावादीको प्रवेश भएसंगै त्यहाँका सम्पादक नारायण वाग्ले बाहिरिएका थिए । कान्तिपुरमा भने परिआए जुनै पार्टीको बन्न तयार रहेका सम्पादक शर्मा भएको कारण सिरोहियालाई केही अप्ठ्यारो छैन । थापा माओवादी भन्दा भिन्न विचार राख्ने व्यक्ति हुन् ।
केही समयअघि मात्रै माओवादीले ठूलो धनरासीका साथ नागरिक दैनिक अर्थात नेपाल रिपब्लिक मिडियामा लगानी भित्रयाएर आङ्खनो बर्चस्व कायम गरेको थियो । त्यस लगत्तै विनिन्न स्रोतबाट माओवादीको आँखा कान्तिपुरमा परेको छ । स्रोतले जनाएअनुसार कान्तिपुर पब्लिकेशनमा माओवादी निकट व्यवसायीहरु ठूलो रकमको साथ प्रवेश गर्दै छन् । कान्तिपुर पब्लिकेशनमा माओवादी लगानी भित्रिने भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फेरि ठूलो फुट भएको छ । थापा पब्लिकेशनबाट ६१ करोड लिएर अलग हुने हल्ला चलेको थियो । साढे दुई अर्ब रुपैयाँको सम्पत्ति मुल्याङकन भएको कान्तिपुरबाट थापाले आफ्नो भागमा पर्ने ६१ करोड लिएर निस्कने तयारीमा थिए । कान्तिपुरमा ३७ करोड लगानी गरेका थापाको २४ दशमलव ६ प्रतिशत सेयर  छ । मुख्य लगानीकर्ता कैलाश सिरोहिया र थापाबीच अलग हुने प्रारम्भिक समझदारी केही समय अगाडि नै भएको थियो । थापा र कैलाश सिरोहियाले सम्पत्ति मूल्याङकन सम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गरेपछि कान्तिपुरबाट थापा बाहिरिने तयारीमा थिए । वरिष्ठ चार्टड एकाउन्टेन्ट बिजयकुमार अग्रवालको नेतृत्वमा रहेको चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशनको सम्पत्ति र दायित्वको मूल्याङकन गरेको थियो । कान्तिपुर पब्लिकेशनको मूल्याङकन साढे दुई अर्ब गरेपछि मध्यस्थकर्ताका रुपमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले निर्देशक थापाको कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा तयार पारेका थिए । सो सहमतिपत्रमा दुबै जनाले हस्ताक्षर गरिसकेका छन् । माओवादी निकट केही व्यवसायीले कान्तिपुरमा लगानी गर्ने लालिपप सिरोहियालाई देखाएपछि थापा त्यसको विरुद्धमा थिए । दुईबीच यसै विषयमा मनमुटाव सुरु भएको थियो । थापा कान्तिपुरमा माओवादी लगानी थप्न नहुने पक्षमा थिए । तर थापालाई वाइपास गर्दै सम्पादक मार्फत माओवादी नेता वर्षमान पुनहरुसँग लगानी वार्ता अगाडी वढेपछि थापा अलग हुने तयारीमा थिए ।
माओवादीको मिडियामा लगानी
यसअघि नागरिकमा प्रचण्डले कब्जा जमाएका थिए । अहिले नागरिक प्रचण्डमय भएको छ । उसले माओवादीका अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई पनि छोडेको छैन । मिडियामा लगानी गरेर अगाडि बढ्ने रणनीति पछिल्लो समयमामाओवादीले बनाएको छ । यसको डिलिङको लागि वर्षमान पुन अगाडि देखिएका छन् । लोकतान्त्रिक भनिएको नागरिकमा पनि सोही योजनाअनुसार माओवादीको लगानी भएको थियो । अहिले यो पत्रिकाले माओवादी निकट व्यवसायीहरुको गुलामी गरिरहेको छ जसको उदेश्य पत्रिकामा थप लगानी भित्र्याउने रहेको छ । चार वर्ष ५० प्रतिशत स्वामित्व रहेका साझेदार विनोदराज ज्ञवालीले पनि कान्तिपुर छोडेका थिए । अहिले त्यो बेला कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैया गरिएको थियो । अहिले दबाबमा २ अर्ब माथिको मुल्याङकन गरिएको छ । यस अगाडि माओावदीकै लगानीमा जनदिशा खुलेको थियो । सो पत्रिका बन्द भएपछि अहिले बैद्य माओवादीले नयाँ जनदिशा नामबाट आफ्नो मुखपत्र निकालिरहेको छ । माओवादीले अरु ठूला मिडियामा पनि आफ्नो कब्जा जमाउने लक्ष्य राखेको छ । यस अनुसार नै माओावदी एबीसी टेलिभिजन,नयाँ पत्रिका,नागरिकमा प्रवेश गरिसकेको छ । अब कान्तिपुरमा माओवादीले आँखा लगाएको स्रोतको भनाई छ ।
कान्तिपुर विगतदेखि वर्तमानसम्म
कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो । स्थापनाकालमा श्याम गोयन्का र ज्ञवाली समुहले एकएक करोड रुपैयाँ राखेर थापाथलीमा घर भाडा लिइ कान्तिपुर सुरु गरेका थिए । पछि गोयन्काले घाटा गएको भन्दै कान्पिुर सिरोहियालाई बेचिदिएका थिए । गोयन्का कान्तिपुर छाड्दा २० लाख रुपैयाँ घाटा खाइ ८० लाख रुपैयाँ लिएर वाहिरिएका थिए । गोयन्का कान्तिपुरबाट बाहिरिएपछि सिरोहिया र ज्ञवाली परीवारको ५०÷५० प्रतिशत सेयर  थियो । दुई करोडबाट सुरु भएको कम्पनी अहिले २० वर्ष पुगेको छ । २० वर्षपछि सिरोहियाले थापालाई विदा गर्दा उनको कुल लगानी १ सय ३० करोडभन्दा वढी हुने भएको छ । कान्तिपुरले अहिले झन्डै एक अर्ब रुपैयाँ ऋण रहेको पनि बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले नेतृत्व गरेको बैंकहरुको समूहबाट ७० करोड रुपैयाँ ऋण रहेको जनाईएको छ । ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्ट, ग्लोबल, सनराइज, माछापुच्छ«े र नेपाल बैंकले ७० करोड ऋण दिएका थिए ।
किन माओवादीको आँखा कान्तिपुरमा ?
अहिले कान्तिपुर सबैभन्दा ठूलो पश्लिकेशन हाउस हो । यसले कान्तिपुर दैनिक, अग्रेजी पत्रिका दि काठमाण्डू पोष्ट, साप्ताहिक नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो र टेलिभिजन पनि यही समुहमा छ तर टेलिभिजनको व्यवस्थापन तथा लगानी समुह भने अलग छन् । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ । कान्तिपुरको तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ । गत आथिर्क वर्षमा कान्तिपुरले विज्ञापन र पत्रिकाको विक्री आय गरी कुल १ अर्ब ३५ करोड हाराहारीको कारोवार गरेको छ । कुल कारोवारको ३५ प्रतिशत मुनाफाको आधारमा यसै आर्थिक वर्षबाट कम्पनीले कर्मचारीको तलब पनि बढाएको छ । कर्मचारीका लागि ३७ दिनको बोनस दिने घोषण पनि कम्पनीले गरेको थियो । अब भने कान्तिपुरमा पव्लिकेशनमा सिरोहिया परिवारको एक्लो हुने भएको छ । जसको कारण माओवादीलाई यहाँ प्रवेश गर्न सजिलो छ । अर्कोतर्फ ठूलो मिडियाको रुपमा स्थापित भएको र धेरै उत्पादनहरु रहेकोले पनि माओवादीको आँखा कान्तिपुरमा परेको हो ।
के गर्लान थापाले ?
सिम्रिक एयरका सञ्चालक समेत रहेका थापा कान्तिपुरबाट बाहिरिने उनको योजना नै हो । तर अब के गर्ने भन्ने विषयमा उनी मौन छन् । व्यवसायमा लगानी गर्ने कि मिडियामा भन्नेमा उनले निर्णय गरिसकेका छैनन । तर नागरिकबाट निस्केका नारायण वाग्ले समुहमा उनी मिस्सिने पक्का छ । यो समुह बनेर सञ्चार क्षेत्रमै लगानी गर्ने सोचमा थापा रहेका बुझिएको छ ।  कान्तिपुरका पूर्व सम्पादक  वाग्ले र अमित ढकाल लगायत व्यापारीक समुहसँग अहिले थापाले कुरा गरिरहेका छन् । उनी नेपाली, अंग्रेजी दैनिक र टीभीमा समेत लगानी गर्ने तयारीमा छन् । लोकतान्त्रिक धारको सञ्चार माध्यम स्थापना गर्ने सोचका साथ थापाले काम अगाडि बढाउन चाहेको बताइएको छ । उनीहरुले नयाँ स्थापना गर्ने भन्दा पनि पुरानै ब्राण्डको कुनै मिडिया हाउस किन्ने सोचमा समेत रहेका बुझिएको छ । पुरानामा राजधानी,हिमालय टाइम्स सहित केही मिडियासंग कुरा गर्ने र नमिलेमा नयाँ स्थापना गर्ने सोचमा यो समुह रहेको छ ।  

Friday, July 27, 2012

दिउँसै सडकमा नांगिएपछि.....(फोटो फिचर )

बाँच्नु पर्छ अचम्मको देखिन्छ भन्ने त नेपाली उखान नै छ । शुक्रबार ईटहरी क्षेत्रमा बाँच्नेहरुले पनि अचम्म देखे । कतिले त पागल पनि भने तर वास्तविकता अर्को थियो । चिनमा एक व्यतिmले सडकमै नाग्गै भएर सडकजाम गरेको घटना सेलाउन नपाउदै शुक्रबार इटहरीमा पनि त्यस्तै घटना भयो ।  शुक्रबार इटहरीको मुख्यचौकमा एक युवा नाग्गै सडक हिडेपछि उनलाई हेर्नको भिडले रमित लाग्दो दृश्य देखियो । इटहरी ५ बस्ने बर्ष २६को शन्देश मगर नाम गरेका उतm युवाले इटहरीको बजारमा नाग्गै हिडेर देखाएको चर्तिकलाले बजारमा हिडिरहेको महिला तथा अन्य व्यतिmहरु आँखा छोपेर हिडन बाध्य भए । करिब एक घण्टा ति व्यतिmले बजारको मुख्यचौकको चौरस्ता सडकमा हिडेपछि केही समय सडकजामै भयो ।
बिवाहित ति युवकले आफ्नी श्रीमती काम गर्ने डिपाटमेन्टर स्टोरमा समेत गएर बरम्बार श्रीमतीलाई बोलाउने गर्दथे । आफ्नो पतिको त्यस्तो गतिदेखेर उनकी श्रीमती भने सोही डिपाटमेन्टल स्टोरमा लुकेकि थिइन् । ति व्यतिmले बारम्बार श्रीमतीलाई भेट्ने कुरा गर्थे । यस अधि ति व्यतिmले मुख्यसडकको बिचमै हिड्न थालेपछि ट्राफिक प्रहरीले उनलाई साइड लगाएका थिए । पछि पुनं ति व्यतिm सडकमा देखिएका थिए । सडकमा हिड्ने अधिकाशंहरुलाई ति व्यतिmले हेर आखा भएका अन्दा मान्छेहरु भन्दै आफ्नो गुप्ताङ्ग देखाउथे । आफु पागल नभएको समेत भन्दै ति व्यतिmले आफु भित्र रहेको पुरुष शैन्दय प्रस्तुत गरेको भन्दै हिड्थे । कपडा भित्र रहेको शौन्दयको एक रुप हेर्नुहोस् भन्दै बिच सडकमा उभिन्थे ति व्यति । नाग्गै हिड्नु मेरो हक हो भन्दै यसलाई अन्यथा नलिन पनि बेला बेला आग्रह गर्थ ।
    बिगत दुई महिना अधि इटहरीकै एक सेकेउरीटि गार्डमा काम गर्ने ति व्यतिm सडकमा एक्कासी नाग्गै हिडेको देखेर उनका चिनजान व्यतिmहरु पागल नभएको बताएका थिए । पारिवारमा केही समस्या भएको बताउदै बिगत लामो समयदेखी ति व्यतिm एकलै बस्दै आएका चिनजानहरुको भनाई छ ।
एक घण्टा पछि प्रहरीले ति व्यतिmलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले ति व्यतिmलाई जवरजस्र्ती पेन्ट लगाएर प्रहरी चौकी लगेका थिए । पछि ति व्यतिmका परिवार बोलाई प्रहरीले जिम्मा लगाएको थियो ।
 फोटो÷शब्द ः मनोज भुजेल 
हेर्नुस फोटो  : 








   

Tuesday, July 24, 2012

ब्रोकको रोमान्स ! (फोटो)


सबैभन्दा व्यस्त हलिउड तथा वलिउडका अभिनेता तथा अभिनेत्रीहरु फुर्सद हुनासाथ आफु चर्चामा आउने काममा व्यस्त रहन्छन् । कोही आफ्ना ब्वाए फ्रेन्डसंग सामुन्द्रीक किनारमा रमाइलो गर्दै गरेका भेटिन्छन् त कोही कतै रेष्टुरेन्टतिर रमाइलो गरीरहेका दृश्यहरु फेला पर्दछन् । यस्तै धनुमा एक सामुन्द्रीक किनारमा आफ्नो ब्वाए फ्रेन्डसंग भेटिएकी छिन् इङ्लिश मोडल तथा चर्चित अभिनेत्री केल्ली ब्रोक । ३२ वर्षीय ब्रोक फुर्सदको समयमा उनी इटालीएन ब्वाए फ्रेन्ड थोम इभान्ससंग इटालीको एक टापुमा मस्तैले रमाइरहेकी छिन् ।

Friday, July 20, 2012

आफै छुट्याउनुहोस नक्कली फेसबुक


प्रविधिको बढदको प्रयोगसँगै यसको दुरुपयोग पनि उत्तिकै मात्रामा बढेको प्रविधि अपराधको माध्यम बन्न थालेको परिदृ्श्यमा सर्वाधिक लोकप्रिय सोसल नेटवर्किङ साईट फेसबुक पनि यसबाट अछुतो छैन फेसबुकमा अस्लिल तस्विर तथा भिडीयो पोष्ट गरेर धम्क्याउने घटना सामान्य भएको भने यसैका कारण भएका मृत्यु एवं ठुला दुर्घटनाको संख्या समेत बढन थालेको फेसबुकमार्फत हुने अपराधका कारणहरु खोतल्दै जाने क्रममा हालै अमेरिकाको संघीय जाँच व्युरोले गरेको अनुसन्धानमानक्कली साथीप्रमुख भएको पाईएको फेसबुकका अनुसार यसका प्रयोगकर्तामध्ये देखि प्रतिसत नक्कली छन्
संख्यामा हिसावमा भन्दा यो देखि करोडको हाराहारीमा हुन आउँछ एउटा स्वतन्त्र अनुसन्धाले फेसबुकमा यो संख्या २७ प्रतिसत अर्थात २० करोडको हाराहारीमा भएको दावी गरेको यत्तिका धेरै नक्कली साथी भएको फेसबुकमा यस्ता साथीबाट जोगिनु नै अपराधको शिकार हुनबाट बच्नु हो, तर, कसरी बच्ने हामी ?
उपाय नक्कली साथीहरुले आफ्नो कुस्वार्थ पुरा गर्न मात्र फेसबुक खाता खोल्ने भएकाले उनिहरुलाई यसका आएका नयाँ फिचर तथा सुविधाको मतलब हुन्न त्यसैले यस्ता साथीहरुको खाता पुरानै ढाँचाको हुन सक्छ अर्थात टाइमलाईट लेआउटमा नहुन सक्छ
उपाय यो उपाय पुरुष साथीहरुलाई धेरै उपयोगी फेसबुकलाई सामान्यतया मानिसहरुले यसलाई अनुशासित रुपमा प्रयोग गर्छन तर केहि एकाउण्टहरुमा उत्तेजक अश्लिल तस्विर राखिएको हुन्छ यस्ता तस्विरले पुरुषहरु आर्कषित हुने भएकाले नक्कली खातामा यसको व्यापक प्रयोग हुन्छ त्यसैले सचेत हुनुहोस
उपाय उद्दे्श्य नै खराव हुने भएपछि नक्कली प्रयोगकर्ताले आफ्नो पहिचान खुलाउन नचाहने भयो नै त्यसैले यस्ता पेजमा सेलिब्रेटि, फुल तथा अन्य कुनै फोटो राखिएको हुन्छ यसैगरी यस्ता साथीहरुको स्टाट्स अपडेट रेगुलर हुँदैन अथवा कतिपयको खाली हुन सक्छ अझै, यस्ता पेजका नामहरु पनि आर्कषक वा रमाईलो लाग्ने खालको हुनसक्छ
उपाय नक्कली साथीहरुको खातामा आवश्यक विवरण अपुर्ण हुन्छ नै कतिपय सूचनाहरु एउटा आगराको एउटा गाग्राको जस्तो हुन्छ त्यसैले अलि अमिल्दो विवरण भएका मानिसहरुको फेण्ड रिक्वेस्ट आउँदा विचार पु¥याउनुपर्छ
उपाय नक्कली साथीहरुलाई चिन्ने अर्काे उपाय मेसेज गर्ने हो फ्रेण्ड रिक्वेस्ट आएका साथिहरुलाई मेसेज पठाउनुस सक्कली भए रिप्लाई आउँछ नक्कली भए रिप्लाई आउँदैन यदि आयो भने पनि लामो कुरा हुँदैन
उपाय अपराध गर्न बाहेक अहिले कतिपय फेसबुक खाताहरु कम्पनी तथा ब्यक्तिका पेज लाईक गर्न बनाईएको हुन्छ फ्रेण्ड रिक्वेस्ट आएको साथीको पेजमा गएर हेर्नुहोस उसको रिसेन्ट एक्टिभिटी पेजमा लाईक्स मात्रै भने शंका गर्नु भए हुन्छ यी साधारण उपय अपनाउनु भयो भने फेसबुकको मज्जा सुरक्षित तरिकाले लिन सकिन्छ यसको माध्यमबाट हुने अपराधबाट बच्न सकिन्छ त्यसैले आए जति फ्रेण्ड रिक्वेस्टलाई एसेप्स नगर्नुस सजेसनमा आएकी च्वाँक केटी वा ह्याण्डसम केटालाई रिक्वेस्ट नपाठाउनुहोस
copy : by internet 

Wednesday, July 18, 2012

चार वर्षदेखि श्रीमतीको यौनअंगमा ताला !!

एक श्रीमानले एक श्रीमतीमाथि कत्तिको शंका गर्ला ? सामान्य अलिअलि...?! होईन तपाई गल्ती हुनुभयो । नेपालको नजिकै रहेको भारतमा एक श्रीमानले आफ्नी श्रीमतीलाई हदैसम्म शंका गरेका छन् । उनले शंकाले विगत चारवर्षदेखि आफ्नो श्रीमतीको यौंन अंगमा ताल्चा नै लगाईदिए् ।
भारतको इन्दोरमा एक शंकालु पतिले  पत्नीको यौनाङगमा ताला लगाएका छन् । पत्नीप्रति निकै शंकाले गर्ने उनले गरेको यो अपराध सोमवार खूलेको थियो । पत्नीले हैरान भएर आत्महत्याको लागि विष सेवन  गरेपछि उनलाई अस्पताल पुर्याइएको थियो। जव डक्टर यौनाङगमा ताला लगाएको थाहा पाए  उनिहरु पनि दंग परेका थिए।
त्यसपछि डक्टरले प्रहरीलाई खबर गरेका थिए ।  इदरीस नगरमा बस्ने उक्त  महिलामाथि उनका शंकालु पतिले करिव ४ वर्ष अगाडीमा यौन अंगमा प्वाल पार्दै साँचो लगाउन मिल्ने बनाएका थिए ।  उनी बिहान ताला लागएर काममा जाने र  आएर खोल्ने गरेका थिए । हाल प्रहरीले गंभिर यौनअपराधको आरोप पतिलाई  हिरासतमा लिएको छ।

Tuesday, July 17, 2012

म त एक्लिएँ !


प्रचण्डपुत्र प्रकाश दाहालसाग भागेपछि यतिखेर बिना मगर चर्चामा छिन् । तीन बर्षअघि बिबाह गरेका श्रीमानलाई छाडेर बिना प्रकाशसाग भागेपछि प्रचण्डको परिवार त टेन्सनमा छ नै त्योभन्दा धेरै टेन्सनमा छन विनाका पति शंकर अधिकारी । नेकपा-माओवादीका कार्यकर्ता रहेका उनले सौर्य दैनिकसाग बिना भाग्दाका केही क्षणहरुबारे खुलाएका छन् । शंकरको बयान उनकै भाषा...
प्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनको सबैभन्दा अमूल्य चिज खोस्ला भन्ने के अनुमान थियो र !
अहिले ३१ वर्षको भएँ । करिब १५ वर्षदेखि राजनीतिमा छु । ०५४ सालमा माओवादीको होलटाइमर भएँ । त्यसयता मेरो जीवनको ठूलो हिस्सा राजनीतिक क्रियाकलापमै व्यस्त रहेर बित्यो । जनयुद्धकालमा आठ वर्ष लामो जेल जीवन पनि बिताएँ । पार्टी फुटेपछि नेकपा–माओवादीतिर लागियो । अहिले यस पार्टीको जातीय मोर्चाहरूको जिल्ला समिति सेक्रेटरीका रूपमा कार्यरत छु ।
बीनाजी चार वर्षअघि मेरो जीवनमा आउनुभयो । हामीबीच ख्यालख्यालमै प्रेम बसेको थियो । मैले साथीहरूमार्फत उहाँलाई चिनेको हुँ । उहाँ मेरो साथीहरूको साथी हुनुहुन्थ्यो । बीनाजी पनि माओवादीकै विद्यार्थी संगठनमा आबद्ध भएकाले आन्दोलनका क्रममा तथा पार्टीका विभिन्न कार्यक्रममा हाम्रो बारम्बार भेट हुन्थ्यो । दुई/चार भेटसम्म त सामान्य साथीको व्यवहार भयो । तर, विस्तारै आत्मीयता बढेको महसुस गर्न थालेँ । मनमा प्रेमको बिरुवा हुर्किएर झांगिन थाल्यो । मैले उहाँलाई नै जीवनसाथी बनाउने निधो गरेँ । एउटै प्रोफेसनमा भएकाले हाम्रो वैवाहिक सम्बन्ध जम्ला भन्ने आशा थियो । आखिर मैले उहाँलाई प्रेमप्रस्ताव पठाएँ साथीहरूमार्फत । उहाँले तत्कालै स्विकार्नुभएन । केही समय माग्नुभयो । तर, आखिरमा गल्नुभयो र एस भन्नुभयो । बिहेचाहिँ अलि ढिला गर्ने उहाँको सर्त थियो ।
करिब एक वर्ष प्रेम चल्यो । प्रेमलाई अघि बढाउन त्यति गाह्रो थिएन । पार्टी कामकै सिलसिलामा भेट भइरहन्थ्यो । कहिलेकाहीँ आपसी सहमतिमा अन्यत्रै पनि भेटिन्थ्यो । फोनमा लगातार गफ हुन्थ्यो । भावी जीवनका कल्पना हुन्थे । अन्तत: ०६६ भदौमा हाम्रो बिहे भयो । बिहेपछिको तीन वर्ष ऊर्जाशील थियो भन्छु म । मलाई राजनीतिमा अघि बढाउन उहाँको ठूलो सहयोग रह्यो । उहाँप्रति गुनासो राख्नुपर्ने ठाउँ खासै थिएन । उहाँको चरित्रप्रति शंका गर्नुपर्ने अवस्था पनि कहिल्यै आएन । दुवैजना राजनीतिक कार्यकर्ता भएकाले घर–व्यवहार मिलेर चलाउँथ्यौँ । उहाँ श्रीमतीभन्दा बढी दौंतरीजस्तो लाग्थ्यो । घरधन्दामा मात्रै सीमित भएर बस्न नसक्ने तथा जुनसुकै काम गर्न हिम्मत गर्ने उहाँको स्वभाव मलाई मन पथ्र्यो । हाम्रा बालबच्चा थिएनन् । देशमा राजनीतिक स्थिरता आएपछि मात्र बच्चा पाउने सोच थियो, हामी दुवैको । यसरी जीवन चल्दै थियो ।
केही महिनाअघि मात्र उहाँले सगरमाथा चढ्ने कुरा गर्नुभयो । मलाई सुरुमा अलिक डर लाग्यो । तर, उहाँको साहस र अठोटसित विश्वस्त भएकाले मैले कुनै नाइँनास्ती गरिनँ । सगरमाथा चढेर फर्केपछि जनआस्था पत्रिकाले उहाँको र प्रकाशको विषयमा समाचार लेख्यो । यस्तो समाचार आउँदै छ भन्ने मलाई एक साताअगाडि नै थाहा थियो । त्यही पत्रिकामा काम गर्ने कसैले मलाई देखाएको थियो समाचारको प्रतिलिपि । तर, मलाई त्यसमा कत्ति पनि विश्वास थिएन । यस विषयमा मैले पार्टीका नेताहरूसित पनि कुरा गरेँ । उहाँहरूले तँलाई यसमा कति विश्वास छ भनेर सोध्नुभयो । मैले कत्ति पनि छैन भनेँ । त्यसो भए वास्तै नगर भन्नुभयो ।
जेठ २९ गते हो क्यारे † त्यो समाचार छापियो । त्यतिबेला म पार्टीको राष्ट्रिय भेलाको तयारीमा व्यस्त थिएँ । बीनाजी धनगढीमा हुनुहुन्थ्यो । उहाँले समाचार पढ्नुभएछ । मलाई त्यही दिन फोन गर्नुभयो । ‘जनआस्थाले यस्तो–यस्तो लेखेछ’ भनेर मलाई सुनाउनुभो । उहाँले समाचार पूरै काल्पनिक हो भन्दै आफू काठमाडौं आइहाल्ने कुरा गर्नुभयो । मलाई उहाँको विश्वास थियो । काठमाडौं आउन टिकट मिलाइदिएँ । आएपछि पुन: यो विषयमा छलफल भयो । उहाँले आºनो संगठनमा पनि कुरा राख्नुभयो । त्यसपछि पत्रिकाविरुद्ध मुद्दा लड्ने कुरा गर्नुभो । मैले सहमति जनाएँ । त्यतिन्जेल मलाई पत्रिकाले लेखेको कुरा साँचो होला भन्ने एक प्रतिशत पनि विश्वास थिएन ।
तर, विस्तारै बीनाजीको हाउभाउ र व्यवहारमा परिवर्तन आउन थालेको महसुस गरेँ । मसित अलि दूरी बढाउन खोज्नुभएको आभाष हुन थाल्यो । कहिलेकाहीँ ‘प्रकाशले रक्सी खाएर फोन गरेको गर्‍यै छ’ भन्नुहुन्थ्यो । मैले त्यसलाई सिरियसली लिएको थिइनँ । अलि बढी नै असहज लाग्न थालेपछि एक रात मैले उहाँलाई हात समातेर सोधेँ, ‘किन अचेल अलि फरक हुनुभएको छ ?’ उहाँ त्यस्तो केही नभएको भनेर टार्नुभयो । मैले धेरै जोड गरिनँ । पार्टी अलग भएपछि म वैद्यतिर लागेको थिएँ भने उहाँ संस्थापनपट्टि हुनुहुन्थ्यो । यही भएर पनि दूरी बढेको हुन सक्छ भन्ने लाग्यो ।
असार २१ गते हामी सँगै सुतेका थियौँ । मेरो नेवा: राज्यसमितिको बैठक भएकाले बिहानै उठेर हिँडेँ, उहाँ घरमै हुनुहुन्थ्यो । दिउँसो एकचोटि फोन गरेको थिएँ तर उहाँको फोन स्विच अफ थियो । घर फर्किंदा फेरि फोन गरेँ तर लागेन । घर पुगेपछि थाहा भयो, बहिनीलाई मेसेज छाडेर हिँड्नुभएको रहेछ । प्रोग्राममा जान लागेको, भोलि वा पर्सि मात्रै फर्किन्छु भन्ने खबर उहाँले बहिनीलाई दिनुभएको रहेछ । बहिनीले मलाई सुनाइन् । मैले सामान्य रूपमै लिएँ । भोलिपल्ट बिहान काठमाडौं मलमा पार्टीको कार्यक्रम थियो, त्यसैमा व्यस्त भएँ । दिउँसो विरोध र्‍यालीमा सहभागी भएँ । दिउँसो ३ बजेतिर उहाँलाई फोन गर्ने प्रयास गरेँ, घन्टी गयो तर फोन उठेन । बरु एकछिनपछि उहाँको एसएमएस आयो । ‘कार्यक्रममा छु, भोलि बिहान फर्किन्छु’ भनेर लेख्नुभएको थियो । तर, भोलिपल्ट आउनुभएन । न त फोन नै उठ्यो ।
पर्सिपल्ट अचानक आइडी लक गरेको नम्बरबाट मेरो मोबाइलमा फोन आयो । उठाएँ । बीनाजीको रहेछ । ‘म इन्डियामा छु,’ उहाँले एकदम सहज रूपमा भन्नुभयो, ‘प्रकाशसित हिँडँे । म हाम्रो सम्बन्धमा इमानदार रहन सकिनँ कामरेड †’ के सुन्नुपर्‍यो ! कल्पनामा पनि नचिताएको कुरा । म त स्तब्ध भएँ । अलि सम्हालिएर भनँे, ‘किन यस्तो निर्णय लिनुभयो । तपाईंहरू दुवैजनाको पछाडि परिवार छ, पार्टी छ, राजनीतिक हाइट छ । बरु घर आएर डिसिजन लिँदा राम्रो हुन्छ ।’
मैले धेरै बोल्न सकिनँ । त्यति पनि किन बोलेछु भन्ने लाग्यो । मुस्किलले ३ मिनेट कुरा भयो होला । मलाई भाउन्न भयो । सपना हो कि विपनाजस्तो । के गर्ने के नगर्ने । त्यसदिन कसैसित यो कुरा गरिनँ । मेरो मिल्ने साथी देवराज गुरुङ मसितै हुनुहुन्थ्यो । उहाँलाई पनि केही भनिनँ । बिहेपछि हामी बीनाको परिवारसँगै बस्ने गथ्र्यौं । कोठामा बीनाको ममी र बहिनीहरू हुनुुहुन्छ । बीनाको बुबाले हल्ला सुन्नुभएको रहेछ । उहाँले ममीलाई फोन गर्नुभएको रहेछ । ममीले मलाई सोध्नुभयो । मैले फोन आएको कुरा भनिनँ । भोलिपल्ट बिहान हिमाल शर्मा आउनुभयो कोठामा । मैले उहाँलाई फोन आएको कुरा बताएँ । उहाँले संगठनले कारबाही गर्ने कुरा गर्नुभयो ।
बीनाजीले भारतबाट उहाँकी दिदीलाई फोन गर्नुभएको रहेछ । ‘नेपाल आउन लागेका थियौँ, तर यहाँ पार्टीबाट निलम्बनमा परेकाले वातावरण बिग्रियो, त्यसैले अहिले आउँदैनौँ,’ भन्नुभएछ । यस घटनाबाट बीनाको परिवारका पनि सबैजना दुखित हुनुहुन्छ । तर, केही भन्नुहुन्न । मलाई अहिले उहाँहरूसित बस्न पनि अप्ठ्यारो भएको छ । राति साथीभाइहरूकहाँ गएर सुत्ने गरेको छु । दिउँसो एकचोटि कोठामा जान्छु । अहिले आºना लागि कोठाको खोजीमा छु । दिनहुँ कोठा खोज्न हिँडिरहेको छु ।
निश्चितै रूपमा अहिले मलाई एक्लिएको महसुस भइरहेको छ । मनस्थिति खल्बलिएको छ । जीवनसाथीले छाडेर हिँड्दा एक्लो महसुस हुनु स्वाभाविक नै हो । सुर्खेतको घरबाट बुबा–ममीले फोन गरेर दुई/चार दिनका लागि घर आइज फ्रेस हुन भन्नुहुन्छ । तर, फुर्सद मिलिरहेको छैन । मेरो विषयमा पार्टीमा पनि छलफल भएको छ । मैले यो पीडा भुल्ने एक मात्र उपाय भनेको पार्टीभित्र आफूलाई अझै व्यस्त राख्नु मात्रै हो । नेताहरूलाई पनि मैले यही कुरा भन्ने गरेको छु । आखिर जे–जसरी पनि जीवन त चलाउनै छ ।
-शंकर अधिकारी (चिरञ्जीवी पौडेलसितको वार्तामा आधारित _साभार ः सौर्य दैनिक )

Tuesday, July 10, 2012

गलफ्रेन्डलाई मनपर्ने गिफ्ट पेन्टी



प्रेम मनले गरिन्छ, त्यसैले यसलाई देखाउनु जरुरत छैन भनिन्छ । तैपनि धेरै जोडी आफ्नो प्रिय मान्छेलाई विभिन्न खालको गिफ्टहरू दिएर आफ्नो लभ एक्सप्रेस गरिरहेका हुन्छन् ।

अझ बर्थ डे, भ्यालेन्टाइन डे, न्यु एयरमा त गिफ्ट आदानप्रदान त अनिवार्यजस्तै हुन्छ । यस्तो गिफ्ट दिने मामलामा युवतीकोहरूको तुलनामा युवकहरू धेरै अगाडि हुन्छन् । आफ्नी प्रेमिकालाई मनपर्ने गिफ्टी दिएर प्रेमको बन्धन अझ कसिलो बनाउन प्रेमीहरू कुनै कसर बाँकी राख्दैनन् । प्रेमिकाहरू पनि प्रेमीले माया गरी दिएको गिफ्ट लिइहाल्छन् । फेरि गिफ्टले पुराना दिनहरूको याद दिलाउने भएकोले पनि ‘गिफ्ट कल्चर’ मौलाइरहेको छ ।

यही सन्दर्भमा हालै लन्डनमा प्रेमिकाहरू आफ्नो प्रेमीले कस्तो गिफ्ट चाहन्छन् भन्ने विषयमा एक अध्ययन गरिएको थियो । जसले एउटा अपत्यारिलो निष्कर्ष निकालेको छ । शोधकर्ताहरूले त नेकलेस, स्कुटर, ल्यापटपजस्ता महँगा गिफ्टहरू युवतीहरूको रोजाइमा पर्छ भन्ने अनुमान गरेका थिए, तर अध्ययनले त्यसलाई शतप्रतिशत गलत रहेको प्रमाणित गरेको छ । आजकलका प्रेमिकाहरू महँगो होइन् कि सस्तो गिफ्टमा रमाउन थालेका छन् । अर्थात् उनीहरू आफ्नो ब्वायफ्रेन्डबाट कुनै महँगो सामान नभई पेन्टी गिफ्ट चाहन्छन् ।

अझ रातो कलरको पहिलो रोजाइमा हुने गरेको शोधकर्ताहरू बताउँछन् । एक्लो भएका वेला ब्वायफ्रेन्डले दिएको पेन्टी हेरेको उसको याद मेट्ने गरेको अध्ययनमा सहभागी युवतीहरूले बताएका थिए । उता, सस्तो खालको पेन्टी दिँदा नै गर्लफ्रेन्ड मक्ख हुने भए पनि युवकहरू पनि धेरै खुसी भएका छन् ।