welcome you on onlineexpress...

Monday, August 13, 2012

माओवादी मय बन्दै कान्तिपुर पनि

किक आउट भए कान्तिपुरबाट रामेश्वर थापा
देशको नम्बर वान पत्रिका हो भनेर दाबी गर्ने कान्तिपुर दैनिकमा स्वामित्वको विवाद सुरु भएको छ । कैलास सिरोहिया र रामेश्वर थापा लगायतका लगानी रहेको सो पत्रिकाबाट थापा बाहिरीने हल्लासंगै कान्तिपुरले प्रिन्ट लाईनबाट थापाको नाम हटाइएको छ । बाहिरीनको लागि स्वामित्व बाँडफाँड नै नभई थापाको नाम हटाएपछि रुष्ट बनेका थापा कानूनी प्रक्रियामा जाने तयारीमा रहेका बुझिएको छ । उनले प्रेस काउन्सिलमा उजुरी गर्ने तयारी पनि गरेका छन् । माओवादीले कान्तिपुर फुटाउनको लागि उचालेपछि सिरोहिया माओवादीको पछि लागेका छन् जसको कारण आफ्नो एकल स्वावित्वको लागि उनी लागिपरेका छन् । केही समय अगाडि नागरिकमा माओावादीको प्रवेश भएसंगै त्यहाँका सम्पादक नारायण वाग्ले बाहिरिएका थिए । कान्तिपुरमा भने परिआए जुनै पार्टीको बन्न तयार रहेका सम्पादक शर्मा भएको कारण सिरोहियालाई केही अप्ठ्यारो छैन । थापा माओवादी भन्दा भिन्न विचार राख्ने व्यक्ति हुन् ।
केही समयअघि मात्रै माओवादीले ठूलो धनरासीका साथ नागरिक दैनिक अर्थात नेपाल रिपब्लिक मिडियामा लगानी भित्रयाएर आङ्खनो बर्चस्व कायम गरेको थियो । त्यस लगत्तै विनिन्न स्रोतबाट माओवादीको आँखा कान्तिपुरमा परेको छ । स्रोतले जनाएअनुसार कान्तिपुर पब्लिकेशनमा माओवादी निकट व्यवसायीहरु ठूलो रकमको साथ प्रवेश गर्दै छन् । कान्तिपुर पब्लिकेशनमा माओवादी लगानी भित्रिने भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फेरि ठूलो फुट भएको छ । थापा पब्लिकेशनबाट ६१ करोड लिएर अलग हुने हल्ला चलेको थियो । साढे दुई अर्ब रुपैयाँको सम्पत्ति मुल्याङकन भएको कान्तिपुरबाट थापाले आफ्नो भागमा पर्ने ६१ करोड लिएर निस्कने तयारीमा थिए । कान्तिपुरमा ३७ करोड लगानी गरेका थापाको २४ दशमलव ६ प्रतिशत सेयर  छ । मुख्य लगानीकर्ता कैलाश सिरोहिया र थापाबीच अलग हुने प्रारम्भिक समझदारी केही समय अगाडि नै भएको थियो । थापा र कैलाश सिरोहियाले सम्पत्ति मूल्याङकन सम्वन्धि समझदारीपत्रमा हस्ताक्षर गरेपछि कान्तिपुरबाट थापा बाहिरिने तयारीमा थिए । वरिष्ठ चार्टड एकाउन्टेन्ट बिजयकुमार अग्रवालको नेतृत्वमा रहेको चार्टड एकाउण्टेण्टको समूहले कान्तिपुर पब्लिकेशनको सम्पत्ति र दायित्वको मूल्याङकन गरेको थियो । कान्तिपुर पब्लिकेशनको मूल्याङकन साढे दुई अर्ब गरेपछि मध्यस्थकर्ताका रुपमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले निर्देशक थापाको कान्तिपुरबाट बाहिरिने खाकाको प्रारम्भिक सहमति पत्रमा तयार पारेका थिए । सो सहमतिपत्रमा दुबै जनाले हस्ताक्षर गरिसकेका छन् । माओवादी निकट केही व्यवसायीले कान्तिपुरमा लगानी गर्ने लालिपप सिरोहियालाई देखाएपछि थापा त्यसको विरुद्धमा थिए । दुईबीच यसै विषयमा मनमुटाव सुरु भएको थियो । थापा कान्तिपुरमा माओवादी लगानी थप्न नहुने पक्षमा थिए । तर थापालाई वाइपास गर्दै सम्पादक मार्फत माओवादी नेता वर्षमान पुनहरुसँग लगानी वार्ता अगाडी वढेपछि थापा अलग हुने तयारीमा थिए ।
माओवादीको मिडियामा लगानी
यसअघि नागरिकमा प्रचण्डले कब्जा जमाएका थिए । अहिले नागरिक प्रचण्डमय भएको छ । उसले माओवादीका अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई पनि छोडेको छैन । मिडियामा लगानी गरेर अगाडि बढ्ने रणनीति पछिल्लो समयमामाओवादीले बनाएको छ । यसको डिलिङको लागि वर्षमान पुन अगाडि देखिएका छन् । लोकतान्त्रिक भनिएको नागरिकमा पनि सोही योजनाअनुसार माओवादीको लगानी भएको थियो । अहिले यो पत्रिकाले माओवादी निकट व्यवसायीहरुको गुलामी गरिरहेको छ जसको उदेश्य पत्रिकामा थप लगानी भित्र्याउने रहेको छ । चार वर्ष ५० प्रतिशत स्वामित्व रहेका साझेदार विनोदराज ज्ञवालीले पनि कान्तिपुर छोडेका थिए । अहिले त्यो बेला कान्तिपुरको मूल्यांकन एक अर्ब ४० करोड रुपैया गरिएको थियो । अहिले दबाबमा २ अर्ब माथिको मुल्याङकन गरिएको छ । यस अगाडि माओावदीकै लगानीमा जनदिशा खुलेको थियो । सो पत्रिका बन्द भएपछि अहिले बैद्य माओवादीले नयाँ जनदिशा नामबाट आफ्नो मुखपत्र निकालिरहेको छ । माओवादीले अरु ठूला मिडियामा पनि आफ्नो कब्जा जमाउने लक्ष्य राखेको छ । यस अनुसार नै माओावदी एबीसी टेलिभिजन,नयाँ पत्रिका,नागरिकमा प्रवेश गरिसकेको छ । अब कान्तिपुरमा माओवादीले आँखा लगाएको स्रोतको भनाई छ ।
कान्तिपुर विगतदेखि वर्तमानसम्म
कान्तिपुर पब्लिकेसन सुरुमा २ करोड रुपैयाँ लगानीमा स्थापना भएको हो । स्थापनाकालमा श्याम गोयन्का र ज्ञवाली समुहले एकएक करोड रुपैयाँ राखेर थापाथलीमा घर भाडा लिइ कान्तिपुर सुरु गरेका थिए । पछि गोयन्काले घाटा गएको भन्दै कान्पिुर सिरोहियालाई बेचिदिएका थिए । गोयन्का कान्तिपुर छाड्दा २० लाख रुपैयाँ घाटा खाइ ८० लाख रुपैयाँ लिएर वाहिरिएका थिए । गोयन्का कान्तिपुरबाट बाहिरिएपछि सिरोहिया र ज्ञवाली परीवारको ५०÷५० प्रतिशत सेयर  थियो । दुई करोडबाट सुरु भएको कम्पनी अहिले २० वर्ष पुगेको छ । २० वर्षपछि सिरोहियाले थापालाई विदा गर्दा उनको कुल लगानी १ सय ३० करोडभन्दा वढी हुने भएको छ । कान्तिपुरले अहिले झन्डै एक अर्ब रुपैयाँ ऋण रहेको पनि बताइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले नेतृत्व गरेको बैंकहरुको समूहबाट ७० करोड रुपैयाँ ऋण रहेको जनाईएको छ । ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्ट, ग्लोबल, सनराइज, माछापुच्छ«े र नेपाल बैंकले ७० करोड ऋण दिएका थिए ।
किन माओवादीको आँखा कान्तिपुरमा ?
अहिले कान्तिपुर सबैभन्दा ठूलो पश्लिकेशन हाउस हो । यसले कान्तिपुर दैनिक, अग्रेजी पत्रिका दि काठमाण्डू पोष्ट, साप्ताहिक नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो र टेलिभिजन पनि यही समुहमा छ तर टेलिभिजनको व्यवस्थापन तथा लगानी समुह भने अलग छन् । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ । कान्तिपुरको तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ । गत आथिर्क वर्षमा कान्तिपुरले विज्ञापन र पत्रिकाको विक्री आय गरी कुल १ अर्ब ३५ करोड हाराहारीको कारोवार गरेको छ । कुल कारोवारको ३५ प्रतिशत मुनाफाको आधारमा यसै आर्थिक वर्षबाट कम्पनीले कर्मचारीको तलब पनि बढाएको छ । कर्मचारीका लागि ३७ दिनको बोनस दिने घोषण पनि कम्पनीले गरेको थियो । अब भने कान्तिपुरमा पव्लिकेशनमा सिरोहिया परिवारको एक्लो हुने भएको छ । जसको कारण माओवादीलाई यहाँ प्रवेश गर्न सजिलो छ । अर्कोतर्फ ठूलो मिडियाको रुपमा स्थापित भएको र धेरै उत्पादनहरु रहेकोले पनि माओवादीको आँखा कान्तिपुरमा परेको हो ।
के गर्लान थापाले ?
सिम्रिक एयरका सञ्चालक समेत रहेका थापा कान्तिपुरबाट बाहिरिने उनको योजना नै हो । तर अब के गर्ने भन्ने विषयमा उनी मौन छन् । व्यवसायमा लगानी गर्ने कि मिडियामा भन्नेमा उनले निर्णय गरिसकेका छैनन । तर नागरिकबाट निस्केका नारायण वाग्ले समुहमा उनी मिस्सिने पक्का छ । यो समुह बनेर सञ्चार क्षेत्रमै लगानी गर्ने सोचमा थापा रहेका बुझिएको छ ।  कान्तिपुरका पूर्व सम्पादक  वाग्ले र अमित ढकाल लगायत व्यापारीक समुहसँग अहिले थापाले कुरा गरिरहेका छन् । उनी नेपाली, अंग्रेजी दैनिक र टीभीमा समेत लगानी गर्ने तयारीमा छन् । लोकतान्त्रिक धारको सञ्चार माध्यम स्थापना गर्ने सोचका साथ थापाले काम अगाडि बढाउन चाहेको बताइएको छ । उनीहरुले नयाँ स्थापना गर्ने भन्दा पनि पुरानै ब्राण्डको कुनै मिडिया हाउस किन्ने सोचमा समेत रहेका बुझिएको छ । पुरानामा राजधानी,हिमालय टाइम्स सहित केही मिडियासंग कुरा गर्ने र नमिलेमा नयाँ स्थापना गर्ने सोचमा यो समुह रहेको छ ।  

1 comments:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:

    (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete