welcome you on onlineexpress...

Wednesday, June 27, 2012

बबरमहल विस्फोटनका अभियुक्त पक्राउ

विराटनगर, १३ असार । काठमाडाँैस्थित बबरमहल र देशका विभिन्न स्थानमा आतङ्ककारी गतिविधि गर्ने एक व्यक्तिलाई क्षेत्रीय प्रहरी कार्यालय पूर्वाञ्चल विराटनगरबाट खटिएको विशेष टोलीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
धनकुटा जिल्ला हिले चुङमाङ –१ र झापा जिल्ला अर्जुनधारा – ६ पानिकलका बासिन्दा रहेका करिब ४० वर्षीय राजकुमार तामाङ लामालाई गएराति पाँचथर जिल्लाको लुङरुपा  गाविस–२ भुसपातेवाट प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
संयुक्त जातीय मोर्चाका प्रवक्ता एवम् विदेश विभाग प्रमुख लामाबाट विस्फोटक पदार्थ बनाउने कच्चा पदार्थ गन्धक दुई केजी, सोडा १५ केजी, दुवै मिसाइएको दुई केजी, मोबाइल दुई थान, एटिम कार्ड तीन थान, परिचयपत्र र कम्ब्याट ड्रेस, डायरी, माइन्युटबुकलगायतका दस्तावेज बरामद गरिएको क्षेत्रीय प्रहरी कार्यालयले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
क्षेत्रीय प्रहरीका विशेष शाखा प्रमुख एवम् प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा खटिएको टोलीले गएराति पाँचथर जिल्लाबाट विशेष सुराकी एवम् अनुसन्धानका आधारमा लामालाई पक्राउ गरिएको बताइएको छ । प्रहरीका अनुसार देवराज लामा, विश्वक्रान्ति र नेल्सन उपनामबाट  विभिन्न राजनीतिक एवम् आपराधिक क्रियाकलाप गर्दै आएका लामाको शैक्षिक योग्यता स्नातकोत्तर  छ । प्रहरी विवरणअनुसार उनले विसं २०४५ मा जालपादेवी मावि धनकुटाका नेविसङ्घ एकाइ कमिटी सभापति,  विसं २०५१ मा एमाले क्षेत्रीय उपाध्यक्ष हुँदै विभाजनका बेला तत्कालीन नेकपा (माले)को बुद्धिजीवी सङ्गठनको केन्द्रीय सदस्य, विभिन्न ट्राभल्स तथा ट्रे«««किङ कम्पनीमा काम गरेको, विसं २०५८ मा क्यानाडा गएको र पछि अफगानिस्तान गएर त्यहाँको क्यानाडाली सेनाको बेस क्याम्पमा डेढ वर्ष एस्कर्टको काम तथा तालिम गरेका छन् ।
स्तै लामा २०६३ सालमा नेपाल जनतान्त्रिक तामाङ मोर्चाको संयोजक भई रामराजाप्रसाद सिंहको नव्जनवादी मोर्चाको केन्द्रीय उपाध्यक्षसमेत भएको र  विसं २०६४ को संविधानसभा निर्वाचनमा मोर्चाका तर्फबाट काठमाडाँै क्षेत्र नं ३ बाट उम्मदेवार भएका थिए ।  विसं २०६६ जेठ १५ मा संयुक्त जातीय मुक्ति मोर्चा गठन गरी उनले सशस्त्र विद्रोह सुरु गरेको प्रहरीद्वारा पत्रकार सम्मेलनमा जानकारी दिइयो । लामाले काठमाडौँको नेपाल आयल निगम केन्द्रीय कार्यालय बबरमहलको ढोकामा  गरेको विस्फोटनबाट तीनजनाको मृत्यु हुनाका साथै पाँचजनाभन्दा बढी घाइते भएका थिए ।पत्रकार सम्मेलनमा विसं २०६६ देखि २०६८ सम्म लामाले दुई दर्जनभन्दा बढी बम विस्फोटन, आगजनी, चन्दा सङ्कलन, सम्पत्ति कब्जा गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक दाहालले अभियुक्त लामाले बबरमहल घटनालगायत सबै घटनाको जिम्मेवारी लिएको र स्वीकार गरेको बताउनुभयो । रासस 

0 comments:

Post a Comment