welcome you on onlineexpress...

Friday, June 29, 2012

कृष्ण धारावासीले पनि गरे दोस्रो विहे (फोटो सहित)

कलाकार हरिवंश आर्चाले दोस्रो विहे गरेको एक साता वित्न नपाउँदै साहित्यकार कृष्ण धारावासीले पनि दोस्रो विवाह गरेका छन् । शुक्रबार मञ्जु विमलीसँग धारावासीले दोस्रो विवाह गरेका हुन् । धुम्बाराहीको रुवी पार्टी प्यालेसमा परम्परागत विवाह गरेका हुन् । धुम्बाराहीको रुवी पार्टी प्यालेसमा परम्परागत विधिअनुसार नै उनले अर्को बिहे गरेका हुन् । विवाह समारोहमा धराबासी परिवारका कोही पनि उपस्थित भएनन्।३० जना जति लेखक उपस्थित समारोहमा विवाह सम्पन्न भएको छ। पहिलो श्रीमती सीतातर्फबाट धराबासीका २ छोराहरु छन्। यसअघि इन्द्रराज बिमलीसँग पारपाचुके गरिसकेकी मञ्जु लण्डनमा डेन्टल नर्स अभ्यास गर्थिन्। उनका पहिलो श्रीमान्‌बाट जन्मेका १२ वर्षे छोरा अपूर्व सिटौला छन्। साहित्यतर्फ सामान्य रुचि राख्ने मञ्जु र धराबासीको भेट पैरवी बुक्सका खगेन्द्र भट्टराईले गराइदिएका थिए। पैरवी बुक्समार्फत् धराबासीको पुस्तक प्रकाशन हुँदै आएका छन्। श्रीमती सीताको सम्झनामा उनले २ महिनाअघि पाण्डुलिपी नामक आत्मपरक पुस्तक प्रकाशन गरेका थिए।      

करिब देढ वर्ष अगाडि धाराबासीकी पत्ति सिताको निधन भएको थियो । पत्तिको निधनमा शाकाकुल भएका धारावासीले  केही समय अगाडि मात्र आफ्नो जिवन कथामा आयारित उपन्यास पाण्डुलिपीको प्रकाशन गरेका थिए ।  

0 comments:

Post a Comment